१० भदौदेखि पोखराको पुरानो टुडिखेलमा तीजमेला
पाेखरा | साउन २२, २०७९
पोखरा: नेपाली महिलाहरुको महान पर्व हरितालिका तिज २०७९ को अवसर पारि पोखरा महानगरपालीका १ स्थित पुरानो टुडिखेलमा तीजमेला हुने भएको छ । इन्द्रेणी एकिकृत विकास केन्द्रको आयोजना तथा सुरताल इभेन्ट एण्ड मल्टिमिडिया प्रालिको व्यवस्थापनमा हुने मेला आउदो १० देखि १६ भदौसम्म चल्नेछ् ।
प्रबेश नि शुल्क रहेको मेलामा मौलिक तीजगीत प्रतियोगिता, गृहणी नृत्य प्रतियोगिता, टपरि गास्ने प्रतियोगिता, गण्डकी प्रदेश स्तरिय छेलो प्रतियोगिता, विद्यालय स्तरीय नृत्य लगायतका प्रतियोगिताहरु हुने आयोजक केन्द्रका अध्यक्ष भानुभक्त अधिकारीले जानकारी दिए । मेलामा दैनिक उपभोग्य सामान, कृर्षि, हस्तकला, बैक तथा वित्तिय सस्था, लत्ता कपडा, रेष्टुरेन्ट लगायतका विभिन्न स्टलहरु सगै राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती सगै वाल उद्यान समेत रहनेछ ।
नेपाली मौलिक कला र सस्कृतीलाई जगेर्ना गदै करिव दुई दशक अघिदेखि तिजगित प्रतियोगिता गर्दै आएको केन्द्रले तीन वर्षअघि ०७६ सालमा पहिलो पटक तिजमेला आयोजना गरेको थियो । केरोनाका कारण गएको दुईवर्ष हुन नसकेकोको मेलालाई यसवर्षदेखी निरन्तरता दिन लागेको अधिकारीले जानकारी दिए ।
केन्द्रले पोखरा १ स्थित गाईघाट क्षेत्रमा निमार्ण गदै गरेको कृयापुत्री भबन निमार्णलाई आर्थिक सहयोग जुटाउने उदेश्य समेत मेलाको रहेको छ । मेलालाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न केन्द्रले शनिबार वडामा रहेका विभिन्न संघ संस्था, राजनैतिक दलका प्रतिनिधी, आमा समुह, क्लबहरु, विभिन्न संघ संस्थाको सहभागीतामा वडा भेला समेत आयोजना गरेको थियो । भेलामा सहभागीहरुले मेलालाई सम्पन्न गर्न सवैले आ आफनो तर्फबाट सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । भेलाका प्रमुख अतिथी पोखरा १ का वडा सदस्य रामजी पौडेलले मेला केन्द्रको आयोजनामा संचालन हुने भएपनि यसलाई सफल पार्न सम्पुर्ण वडाबासीको कतव्य रहेकाले सहयोग गर्न आग्रह गरेका थिए । मेलाको सफलता असफलता वडावासी संग जोडीएकाले सकेको सहयोग गर्न अनुरोध गदै वडा कार्यालयका तर्फबाट गर्नुपर्ने सवै सहयोग केन्द्रलाई गर्ने प्रतिवद्धता जनाएका थिए ।
पोखरा: कास्की क्षेत्र नम्बर २ मा उज्यालो नेपाल पार्टीका उम्मेदवार कुशल गुरुङले पुराना दलको विकल्पमा नयाँ भनेरमात्र नहेर्न, एजेण्डा पनि हेर्न मतदातालाई आग्रह गरेका छन् । विभिन्न बस्त...
आइसिसी टी-२० विश्वकपमा आज तीन खेल हुँदैछ। आज हुने तीनमध्ये दुई खेल भारत र एक खेल श्रीलंकामा हुँदैछ। नेपाल रहेको समूहबाट स्कटल्याण्ड र इटाली भिड्दैछन्। कोलकाताको इडेन गार्डेनमा स्कटल्याण्ड र इटालीब...
नवलपुरमा तीन वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने, दुई जना घाइते भएका छन् । गएराति ९ बजे कावासोती १४ अग्यौलीस्थित भित्रि सडक खण्डमा ग.प्र.०४–००१ प ८५९२ नम्बरको ...

